१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेतृत्व र संगठनमा कसैले चुनौती दिन नसक्ने, त्यसको जगमा टेकेर अगाडि बढ्नुपर्नेः स्वर्णिम वाग्ले

प्रकाशित मिति :  १४ चैत्र २०८०, बुधबार १४:२८


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले जलेश्वर बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)जस्तो स्पष्ट अडान भएको पार्टी अर्को अहिले नेपालमा नभएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा उहाँले जलेश्वर बैठकको प्रस्ताव तयार भएपछि रास्वपाको कित्ताकाटबारे कुनै दुविधा नरहेको भन्दै पार्टीको धारणा स्पष्ट भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘नीति र विचारका कुराहरु महत्वपूर्ण छ । जलेश्वर बैठकअगाडि हामीमाथि आलोचना हुने गर्दथ्यो । विचार नभएको, दर्शन नभएको र पिपलपाते पार्टी भन्ने गरिन्थ्यो । यता जनमत आयो भने यतातिर ढल्कने, होईन भने उतै ढल्कने भनिएको थियो । जलेश्वर बैठकको प्रस्ताव तयार गरिसकेपछि कसैले अब रास्वपाको कित्ता कता हो भनेर कुनै दुबिधा रहने छैन् । हामीभन्दा स्पष्ट अडान भएको पार्टी अर्को अहिले नेपालमा छैन जस्तो लाग्छ ।’

यस्तै, उहाँले बैठकपछि नेतृत्व र संगठनको बारेमा कसैले चुनौती दिन नसक्ने आधार तयार भएको भन्दै त्यसको जगमा टेकेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक, सामाजिक मोडेलको विषय र त्योसँग राजनीतिक दर्शन पनि अन्तरनीहित भएर आएको छ । राजतन्त्र र गणतन्त्रको विषयमा, संवैधानिक समाजवादको विषयमा एउटा बहुलवादी लोकतन्त्रवादी संस्थाको विषयमा स्पष्टताका साथ हामी बोलेका छौ । संविधानभित्र नै रहेर बोलेका छौ र सुधार गर्ने भनेका छौ । त्यसमा टेकेर अगाडि बढ्ने छौ ।’



प्रतिक्रिया दिनुहोस !