१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सहकारी ठगी अनुसन्धान नसकिएसम्म गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्नेः दिलेन्द्र प्रसाद बडु

प्रकाशित मिति :  १४ चैत्र २०८०, बुधबार १३:३०


काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन गर्नुपर्ने बताउनुभएको छ ।

राज्य व्यवस्था समितिको बुधबारको बैठकमा सांसद बडुले जनताको करोडौं रुपैयाँ अपचलन भएको भन्दै जतिसुकै पहुचवाला नेता भएपनि छानविनको दायरामा आउनुपर्ने बताउनुभयो ।

बडुले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको नाम समेत जोडिएको उल्लेख गर्दै यो के हो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘छापामा आएअनुसार, केही सहकारीको रकम अन्य प्रयोजनका लागि ग्यालेक्सी टिभीमा १० करोड आउन हुन्थ्यो कि हुदैनथ्यो । रवि लामिछानेको नाममा पनि त्यो रकम आएको भन्ने छ । नाममात्र मिलेको हो कि के हो ?’

बडुले सहकारी ठगी प्रकरणको अनुसन्धान नसकिनेबेलासम्म गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने बताउनुभयो ।

त्यस्तै, सांसद बडुले सुन तस्करी प्रकरण सम्बन्धि छानविन समितिको रिपोर्ट समेत सार्वजनिक गरिनुपर्ने बताउनुभएको छ ।



प्रतिक्रिया दिनुहोस !