१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाल्टिमोर पुलमा जहाज ठोक्किएपछि छ जना कामदार बेपत्ता

प्रकाशित मिति :  १४ चैत्र २०८०, बुधबार १३:१४


बाल्टिमोर । अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा जहाज ठोक्किएपछि भएको पुल दुर्घटनाको उद्धार कार्य अहिले रोकिएको छ ।

अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले बेपत्ता छ जना कामदारको ज्यान गएको अनुमान गरेका छन् ।

दुर्घटना हुँदा सबैजना पुलको खाल्डो भर्ने काममा व्यस्त रहेको र जहाज पुलमा ठोक्किएपछि पानीमा खसेका थिए ।

उहाँहरु सबै बेपत्ता छन् र अवस्था हेर्दा उहाँहरु जिवितै नहुने अनुमान गरिएको छ ।

अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले समय बित्दै जाँदा उद्धार कार्य झनै कठिन हुँदै गएको बताएका छन् ।

पानीको तापक्रम र तैरिरहेको भग्नावशेषका कारण उद्धार प्रक्रिया निकै चुनौतीपूर्ण भएको एक अधिकारीले बताउनुभयो ।

सिंगापुरको एउटा जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किएको थियो । स्थानीय समय अनुसार मंगलबार बिहान १ः३० बजे भएको घटनामा पुलको ठुलो भाग भत्किएको हो ।



प्रतिक्रिया दिनुहोस !