१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेप्सेमा १०.१४ अंकको बढोत्तरी

प्रकाशित मिति :  १३ चैत्र २०८०, मंगलवार १६:१०


काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा पुगेको छ । सोमबार दोहोरो अंकको गिरावट आएको बजारमा आज सूचकमा सुधार भए पनि कारोबार रकम भने अपेक्षाकृतरुपमा बढेको छैन ।

कारोबार रकम २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ छ । सोमबार बजार घट्दा पनि कारोबार रकम २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ थियो । गत साताको अन्तिम दिन बिहीबार ४ अर्ब ३१ करोडको कारोबार भएको थियो ।

आज १६८ कम्पनीका सेयरमूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ । १० कम्पनीको सेयरमूल्य स्थिर रह्यो । १३ मध्ये फाइनान्स, जीवन बीमा र व्यापार उपसमूहबाहेक सबै बढेकाले परिसूचक बढेको हो ।

घटेको बजारमा पनि दोल्ती पावर कम्पनी र सर्वोत्तम सिमेन्टका सेयर बढेर पोजेटिभ सर्किट लागेको छ । सर्वोत्तम सिमेन्टको सेयरमा लगातार पाँचौ दिन पोजेटिम सर्किट लागेर प्रतिकित्ता ८ सय ९५ रुपैयाँ पुगेको छ । बढेको अर्को कम्पनीमा वीन नेपाल लघुवित्त छ ।

सर्वाधिक कारोबार हुनेमा शिवम् सिमेन्ट छ । उक्त कम्पनीको ९ करोड ३१ लाखको सेयर किनबेच भएको छ । यस्तै सोनापुर मिनरल्सको ८ करोड ५७ लाखको सेयर कारोबार भएको छ ।

आज सर्वाधिक घटेकाको सूचीमा धौलागिरी लघुवित्त पहिलो नम्बरमा छ । भगवती हाइड्रोपावर, कुमारी धनवृद्धि योजना, लक्ष्मी भ्यालु फण्ड–२, मानुषी लघुवित्तलगायत घटेका छन् ।



प्रतिक्रिया दिनुहोस !