१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालमा बीआरआई, नेपाल र चीनको सम्बन्ध राम्रो हुदाँ किन तर्सिन्छ भारत अनि किन आत्तिन्छ अमेरिका

प्रकाशित मिति :  १३ चैत्र २०८०, मंगलवार १६:४३


काठमाडौं । नेपालमा भारत र पश्चिमा देशको कति सम्म दवदवा छ भन्ने कुरा बुझ्न नेपालले हस्ताक्षर गरिसकेको चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभलाई हेर्दा पुग्ने भएको छ ।

नेपालको मात्र नभएर एसियाकै विकासमा कायापलट गर्ने चीनको परियोजनामा बाधा उत्पन्न गराएर कार्यनयनमा कठिनाई पुराउने काम भारत लगायत पश्चिमा मुलुकले गरेको गरेको छलङ्न भएको हो ।

नेपालको आन्तरीक राजनीतिमा विदेशी शक्तिको प्रयोगले तिव्र गतिमा विकास हुनुपर्ने नेपालको विकासमा बाधा उत्पन्न भएको छ ।

नेपालमा विकास हुन नदिएर सधै अस्थिरता मात्र चाहाने मुलुकहरुको जोडबलमा वीआरआईको काम नेपालमा रोकिएको बुझिएको छ ।

२०१७ मा नेपालले हस्ताक्षर गरेको बीआरआई परियोजनामा हस्ताक्षर गरेको आठ बर्ष भइसकेको छ ।

वीआरआई परियोजनामा हस्ताक्षर गरेको आठ वर्ष वितिसक्दा पनि नेपालमा वीआरआई सग गासिएको विकास हुन नसक्नु दुखको कुरा हो ।

वीआरआई नेपालमा कार्यनयन भए नेपाल र नेपालमा तेस्रो देसको राजनीति शुन्य हुने भएकाले नेपालमा वीआरआई असफल बनाउन तेस्रो मुलुक लागि परेको छ ।

तेस्रो मुलुकहरुमा पनि चीनको प्रतिशपर्धि मुलुक अमेरिका र भारत खुलेआम लगेको बुझ्न सकिन्छ ।

भारत र अमेरिकाको परियोजना मात्र नेपालमा सफल बनाएर चीनको परियोजना असफल बनाएर चीन र नेपालको प्राचिन सम्बन्धमा बाधा उत्पन्न गराउन भारतर र अमेरिका लागेको आंकलन गर्न सकिन्छ ।

चीन र नेपालको सम्बन्ध प्रचिन हो । धेरै सस्कृति मिल्दो जुल्दो छ । वीआरआई कार्यानयनमा आउदा झन नेपाल चीनको सम्वन्ध मजबुत हुने भएर भारत तर्सिने र अमेरिका आत्तिने भएको बुझ्न सकिन्छ ।

कतिपयको बुझाईमा अमेरिकालाई नेपालको माध्यमबाट चीनमा राजनीति गर्न सजिलो भएकाले त्यसैले चीन र नेपालको सम्बन्ध राम्रो हुन नदिन अमेरिका खुलेआम लागेको उहाँहरुको बुझाई छ ।



प्रतिक्रिया दिनुहोस !