१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्थली नगरपालिकाले व्यवसायीक क्षेत्रमा बालश्रमको अनुगमन बालश्रम नगराउने प्रतिबद्धता

प्रकाशित मिति :  १३ चैत्र २०८०, मंगलवार १४:३१


रामेछाप। रामेछापको मन्थली नगरपालिकाले नगरपालिकाका सबै व्यवसायीलाई बालश्रम नगराउने प्रतिबद्धता गराउने भएको छ ।

नगर बालकल्याण समितिको मंलगबार जिल्ला प्रहरी कार्यालय रामेछापमा बसेको बैठकले नगरको १४ वटै वडाका व्यवसायीलाई सो प्रतिबद्धता गराउने निर्णय गरेको हो । बैठकले व्यवसायीक क्षेत्रमा बालश्रमको अनुगमन गरी बालश्रम नगराउने प्रतिबद्धता गराउने निर्णय गरेको छ ।

मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेको अध्यक्षतामा बसेको बैठकले मन्थली नगरपालिका बालमैत्री शासन सञ्चालन भएको नगरपालिका घोषणाको तयारीमा रहेकोले यसलाई कडाइका साथ कार्यान्वयन गर्ने र अटेर गरी बालश्रम प्रयोग गरेको पाइए कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

बैठकमा योजना अनुगमन उपशाखा प्रमुख उज्जवल पोखरेलले यस अघि मन्थली नगरका होटल तथा पसलमा बालबालिकालाई सुर्ती र मदिराजन्य वस्तु नबेच्ने स्टिकर टाँस गरिसकिएको जानकारी दिनुभयो । अनुगमनका क्रममा त्यसको कार्यान्वयनको अवस्था पनि जाँच गरिने भएको छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !