११ श्रावण २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कृषि क्षेत्रमा आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम ल्याउनुपर्छ: मन्त्री ज्वालाकुमारी साह

प्रकाशित मिति :  १२ चैत्र २०८०, सोमबार १६:११


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका लागि सुझाव माग्नु भएको छ । उहाँले सांसदहरुसँग सुझावका लागि आवहन गर्नुभएको हो ।

सोमबार सिंहदरबारमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सम्बन्धमा सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकलाई कृषिमा कसरी आत्मनिर्भर बनाउन सकिन्छ र बिदेशीएका युवाहरुलाई नेपाल फर्काएर स्वदेशमै रोजगारीको सृजना कसरी गराउन सकिन्छ भन्ने विषयमा सुझावको लागि आवहन गरेकी हुन् ।

उहाँले भन्नुभयो्, ‘कृषिमा कस्तो खालको योजना बनाएर जाँदा कृषिमा आत्मानिर्भर बन्न सकिन्छ । वा विदेशिएका युवालाई कृषिमै आत्मनिर्भर हुनेगरी कसरी स्वदेश फर्काउन सकिन्छ र रोजगारीमा समाहित भएर काम गर्न सकिन्छ भन्ने सुझावहरु कृषिमा आउनुपर्छ ।’

उहाँले देशमा उत्पादीत सामानहरु निर्यात कसरी गर्ने र आयातलाई प्रतिस्थापन गरी अन्त्य गर्ने काममा सांसदहरूले दिएको सुझावले सरकारको कार्ययोजनामा थप टेवा पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो्,‘हाम्रो कयौं उतपादन भएका सामानहरु निर्यात कसरी गर्ने भन्ने योजना बनाउनु पर्ने छ । हामीले आयातलाई कसरी प्रतिस्थापन गर्ने, कसरी अन्त्य गर्नेलगायतका विषयमा पनि मान्यज्युहरुबाट सुझाव आउँदा राम्रो हुन्छ ।’
उहाँले दुग्ध उत्पादनलाई बढवा दिनका लागि बजारीकरण गर्न आवश्यक रहेको पनि बताउनुभयो ।


452
Shares

प्रतिक्रिया दिनुहोस !