१६ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेस संसदीय दल राष्ट्रिय सभाको प्रमुख सचेतकमा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय मनोनित

प्रकाशित मिति :  १२ चैत्र २०८०, सोमबार १४:३७


काठमाडौं । नेपाली कांग्रेस संसदीय दल राष्ट्रिय सभाको प्रमुख सचेतकमा राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकाय मनोनित भएका छन् ।

कांग्रेस संसदीय दलको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रोकायलाई प्रमुख सचेतकमा मनोनयन गरिएको जनाएको छ ।

निजी सचिव केशवराज जोशीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,‘नेपाली कांग्रेस संसदीय दल राष्ट्रिय सभाको प्रमुख सचेतकमा राष्ट्रिय सभा सदस्य माननीय श्री कृष्णबहादुर रोकायज्यू मनोनित हुनुभएको छ ।’



प्रतिक्रिया दिनुहोस !