१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अछाममा ट्याक्टर दुर्घटना: पाँच जनाको गयो ज्यान, तीन घाइते

प्रकाशित मिति :  १२ चैत्र २०८०, सोमबार १४:०१


अछाम । अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनासथलमै ज्यान गएको छ । दुर्घटनामा परि थप तीन जना घाइते भएका छन् ।

जिल्लाको मेल्लेख गाउँपालिका–सात नन्देगडाको सुयडीमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परि मेल्लेख गाउँपालिका–एक का ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो ।

शोडषाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१–००२ त ४९७९ नम्बरको ट्याक्टर सोमबार बिहान सुयडी नजिकै दुर्घटना भएको उहाँले बताउनुभयो ।

दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक बालक घाइते भएका प्रहरी निरीक्षक साउदले बताउनुभयो । मृघाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


678
Shares

प्रतिक्रिया दिनुहोस !