१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अमेरिकाको नेपालमा धर्म मास्ने कालो कर्तुक बाहिरियाे, धर्म मास्ना लाखौ रुपौयँ विनियोजन

प्रकाशित मिति :  १० चैत्र २०८०, शनिबार ११:३९


काठमाडौं । नेपालको सनातन धर्म हिन्दू र बौद्ध धर्म मासेर व्रिmश्चियन धर्मको प्रचार गर्न अमेरिकाले नेपालमा डलरको खेती गरेको अहिले छर्लङ्न उजागर भएको छ ।

सनातन हिन्दू र बौद्ध धर्म प्रति अनास्था फैलाउन अमेरिकाले करोडौं डलर आफ्नो बजेटबाटै छुट्याएको अहिले खुलासा भएको हो ।

आफ्नो बजेटबाटै पाँच लाख अमेरिकी डलर नेपालमा धर्म प्रति अनास्था फैलउन खर्च गरेको तथ्य अहिले उजागर भएको छ ।

सो रकम नेपाली करिव सात करोड रुपैयाँ हुन्छ ।

यसोत नेपालमा सनातन धर्म मास्न अमेरिकी तथा युरोपेली देशले नेपालमा धर्म परिवर्तन गर्न बजेट दिने धेरै अगाडिबाट उजागर भएको तथ्य हो तर यसरी सुलासा भएको भने यो पहिलो घटना हो ।

बाइडेन प्रशासनले करिव सात करोड रकम खर्च गरेको अमेरिकी सेनाका पूर्व भेटरान तथा फ्लोरिडाको प्रतिनिधित्व गर्ने सांसद ब्रीआन म्यास्टले अमेरिकी सदनमै यसको खुलासा गर्नुभएको हो । खुलासा गरे सँगै उहाँले बाइडेन सत्तालाई प्रश्न सोधेका छन् ।

उहाँले भन्नुभएको छ – ‘अमेरिकी करदाताको पाँच लाख डलर नेपालमा धार्मिक अनास्था फैलाउन किन खर्च गरियो ? उहाँले प्रश्नमा प्रश्न थप्दै भन्नुभएको छ , ‘के यो पैसाको सहि प्रयोग हो? यो प्रश्न सांसद ब्रायन म्यास्टले अमेरिकी सरकारका व्यवस्थापन तथा श्रोतसाधन क्षेत्रका सहायक विदेशमन्त्री रिचर्ड राहुल बर्मालाई सोधनुभएको हो ।


904
Shares

प्रतिक्रिया दिनुहोस !