१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने

प्रकाशित मिति :  १० चैत्र २०८०, शनिबार ०९:०९


काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको औपचारिक भ्रमणमा जानुहुने भएकाे छ ।

चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उपप्रधानमन्त्री श्रेष्ठले चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्न लाग्नुभएकाे हाे । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले उहाँकाे भ्रमणलाई स्वीकृति दिइसकेकाे छ ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नुहुने तय भएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ । भ्रमणका क्रममा उहाँले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि छ ।

उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण पूरा गरी चैत १९ गते स्वदेश फर्कनुहुनेछ ।


678
Shares

प्रतिक्रिया दिनुहोस !