१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटे

प्रकाशित मिति :  ९ चैत्र २०८०, शुक्रबार १५:०८


काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानत छुटेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरालाई हाजिरी जमानतमा छाडेको हो ।

महराको बयान सकिएपछि उहाँलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको सिआइबी स्रोतले जनाएको छ ।

उहाँका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।


565
Shares

प्रतिक्रिया दिनुहोस !