१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशकाे सिमा कटेकाे राजनीतिलाई केपी ओलीले फेरी सिंहदरबार ल्याउनुभयाे- प्रकाश पाैडेल

प्रकाशित मिति :  ९ चैत्र २०८०, शुक्रबार १३:३८


झापा । अनेरास्ववियुका सचिव तथा प्रवक्ता प्रकाश पाैडेलले देशबाट लडखडाएकाे नीति, देशबाट लडखडाएकाे राजनीति र देशकाे सिमा कटेकाे राजनीतिलाई गर्दनमा समाएर एमाले अध्यक्ष केपी ओलीले सिंहदरबारमा राष्ट्रवादी जनताकाे पक्षमा स्थापित गर्नुभएकाे बताउनुभएकाे छ ।

झापाकाे एक कार्यक्रममा बाेल्दै प्रवत्ता पाैडेलले भन्नुभयाे- ‘आज केपी ओली याे देशकाे प्रधानमन्त्री हुनुहुन्न । कुनै पनि महत्वपूर्ण पदमा हुनुहुन्न । देशबाट लडखडाएकाे नीति, देशबाट लडखडाएकाे राजनीति, याे देशकाे सिमा कटेकाे राजनीतिलाई गर्दनमा समाएर फेरी सिंहदरबारमा राष्ट्रवादी जनताकाे पक्षमा उहाँले स्थापित गर्नुभएकाे छ ।’

पुराना हाैं भनेर इतिहास पढाउने देखि देशका कलकारखाना ध्वस्त पार्ने नेपाली कांग्रेसलाई केपी ओलीले सडकमा पछार्नुभएकाे प्रवक्ता पाैडेलकाे भनाई छ ।

केही गराैं भन्ने हुटहुटी भएका नयाँ दलका केही नेता सरकारमा केपी ओलीले समेटेर लगेकाे भन्दै उहाँले भन्नुभयाे- ‘कुनै पनि समाजमा आन्दाेलनकाे जरुरी नहुने भन्ने हुँदैन यसले के गर्याे र गर्छ भन्ने कुरा मुख्य हुन्छ । हामी नयाँ दलबाट आउनुभएका नेताहरुलाई सम्झाउने छाैं ।’


7.1k
Shares

प्रतिक्रिया दिनुहोस !