१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रमुख जिल्ला अधिकारीहरुलाई गृह मन्त्रालयको ६८ बुँदे निर्देशन

प्रकाशित मिति :  ८ चैत्र २०८०, बिहीबार २१:५१


काठमाडौं । जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापनका लागि कार्यविधि नै संशोधन गरेको गृह मन्त्रालयले ६८ बुँदे निर्देशन जारी गरेको छ ।

नयाँ सरकारको काम देखाउन प्रमुख जिल्ला अधिकारीहरुलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत गर्नुपर्ने कामबारे जारी निर्देशनमा नयाँ विषय भने छैनन् । उहाँहरुले कार्यसम्पादन गर्दै आएका काम नै स्मरण गराइएको छ ।

शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण आदि विषयमा सक्रिय भूमिका खेल्नुपर्ने भन्दै ११ वटा क्षेत्रसम्बद्ध २१ शीर्षकमा निर्देशनहरु दिइएको गृहमन्त्रालयले जनाएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार सचिव एकनारायण अर्यालले देशभरका जिल्ला प्रशासन कार्यालयका लागि एकीकृत निर्देशन जारी गरेका हुन् ।

जिल्लामा केन्द्र सरकारको गृह प्रशासनका मुख्य प्रतिनिधिका रुप्मा प्रमुख जिल्ला अधिकारीको अधिकार र भूमिकामाथि प्रश्न उठ्दै आएका बेला गृह मन्त्रालयले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसँगै विभिन्न क्षेत्रमा प्रजिअको सक्रियता खोजेको छ ।

यस्तो छ निर्देशनको पूर्णपाठ


452
Shares

प्रतिक्रिया दिनुहोस !