१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दलित समुदायबाट एक जना मन्त्री बनाउने केपी ओलीको प्रतिबद्धता

प्रकाशित मिति :  ८ चैत्र २०८०, बिहीबार १६:०४


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस पटक पनि दलित समुदायबाट एक जना मन्त्री बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

बिहीबार काठमाडौंमा ५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले बिगतमा पनि पार्टीले दलित समुदायबाट मन्त्री बनाउँदै आएको यस पटक पनि निरन्तरता दिने बताउनुभएको हो ।

‘अहिले महिलाहरूको उत्थान जागरण धेरै भएको छ र सशक्त भएका छन् । विभिन्न ठाउँमा जिम्मेवारी लिएका छन्,’ उहाँले भन्नुभयो । महिला, दलित र पछाडि पारिएका समुदायका विषमयमा आफ्नो दल संवेदनशील रहेको दाबी उहाँले गर्नुभयो ।

‘अत्यन्तै संवेदनशील हुँदा यस्तो विषय कहिले कहिले मन्त्री किन भएन भन्ने हुन्छ । यस पटक पनि मन्त्री हुन्छ, एउटा ठाउँ छ त्यहाँ । दलितबाछ यस पटक पनि मन्त्री हुन्छ । पहिले पहिले पनि मन्त्री हुने गरेको छ । तर, सबै जाति सबै समुदायबाट सबै सधैं नपर्न पनि सक्छन् ।

सबैलाई एकैपटक सम्बोधन गर्न सकिँदैन,’ उहाँले भन्नुभयो, ‘पार्टीको माथिल्लो कमिटीमा छविलाल विश्वकर्मा हुनुहुन्छ । उहाँ पटक पटक मन्त्री पनि हुनुभएको छ । अहिले सुदूरपश्चिम प्रदेश इन्चार्ज पनि हुनुहुन्छ । हाम्रो पार्टीमा साथीहरूलाई जिम्मेवारी दिने काम कुनै ध्यान पुगेको छैन भन्ने ठाउँ छैन् ।’

उहाँले आफूहरू सामाजिक न्याय र समानताको पक्षमा रहेको भन्दै कुनै पनि समुदाय पछाडि छाडिन नहुने बताउनुभयो ।


791
Shares

प्रतिक्रिया दिनुहोस !