१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुनको मूल्य तोलामा दुई हजार ६ सय रुपैयाँ बढेर रेकर्ड कायम

प्रकाशित मिति :  ८ चैत्र २०८०, बिहीबार १३:५५


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड बनाएको छ।

आज सुनको मूल्य तोलामा दुई हजार ६ सय रुपैयाँ बढेर छापावाल सुन एक लाख २७ हजार आठ सय रुपैयाँ कायम भएको छ।

छापावाला सुन बुधबार एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन तोलाको एक लाख २७ हजार दुई सय पुगेको छ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ। चाँदी आज तोलामा ३५ रुपैयाँ बढेको छ। बुधबार एक हजार ५२० रुपैयाँ मूल्य कायम रहेको चाँदी बिहीबार एक हजार ५५५ रुपैयाँ पुगेको छ।


678
Shares

प्रतिक्रिया दिनुहोस !