१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पोखरा विमानस्थलमा भारतिय मिडियाको नचाइदो चासो

प्रकाशित मिति :  ६ चैत्र २०८०, मंगलवार २०:५५


काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतिय मिडियाको नचाइदो चासो रहेको छ ।

नेपालको विमानस्थमा भारतिय सञ्चार माध्यमले चासो दिनु राम्रो कुरा भने होइन ।

भारतकै अबरोधका कारण सञ्चालनमा कठिनाइ भोगिरहको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतिय मिडियाकोे जनता आतंगित बनाउने चासो रहेको छ ।

भारतिय मिडियाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई’ऋण जाल’ भनेको हो ।

देशमा आवाश्यक रहेको विमान स्थललाई यसरी भन्नु राम्रो भने होइन । भारतिय मिडियाले ’ऋण जाल’ भन्नुको अर्थ सो विमास्थल चीनको लगानीमा वनेको भनेर भनेको हो । नेपालमा कुनै पनि क्षेत्रमा चीनको लगानी भारतले राम्रो भन्दैन त्यसो कारण पनि भारतिय मिडियाले सो कुरा भनेको हुनुपर्छ ।

भारतिय सञ्चार माध्यमले भनेको छ ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको र यस कारण नेपाल ऋणको भारी बोक्नुपर्ने भनेर भनेको हो ।’

भारतिय मिडियाले गरेको नचाइदो कुरामा निनियँ दूतावासले पनि विज्ञप्ति निकालेको छ विज्ञप्तिमा भनिएको छ ।

‘तथाकथित ’चीनले बनाएको ऋण जाल’ विकासोन्मुख देशमा चीनको सहयोगलाई बाधा पुर्याउन केही शक्तिहरूले सिर्जना गरेको कथाको जालबाहेक अरू केही होइन,’

भारतीय मिडियाहरूले प्रकाशन गरिरहेको सामाग्री ’सामान्य आर्थिक ज्ञान विरुद्ध’ रहेको समेत दूतावासले जनाएको छ ।

चीनले नेपालको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क दिँदै नेपाललाई धेरै ऋण दिनेमा चीन तेस्रो राष्ट्र भएको उल्लेख गरेको छ । दूतावासले चीनमाथि कुनै पनि साझेदार देशले ’ऋण जाल’ बनाएको आरोप नलगाएको दाबी गरेको छ।

चीन तेस्रो राष्ट्र भएको उल्लेख गरेको छ । दूतावासले चीनमाथि कुनै पनि साझेदार देशले ’ऋण जाल’ बनाएको आरोप नलगाएको दाबी गरेको छ।

‘केही देशहरूले ’चिनियाँ ऋण–जाल’ को भ्रम फैलाइरहेका छन् । ती देशहरूको प्रभुत्व रहेको बहुपक्षीय वित्तीय संस्था र व्यावसायिक ऋणदाता विकासोन्मुख देशका प्रमुख ऋणदाता हुन,’ दूतावासले भनेको छ।

ती संस्था नै विकासोन्मुख देशमा ऋण भुक्तानीको सन्दर्भमा प्रमुख समस्या भएको दूतावासले जनाएको छ ।

यसै गरि चीनले सदैव पोखराबाट चीनमा सिधा उडानको व्यवस्था गर्नेबारे प्रतिबद्धता जनाएको दूतावासले जनाएको छ । छेङडुङ र कुनमिङाबट सिधा उडान भइसकेको उदाहरण चीनले दिएको छ ।

सो क्रममा कसैको नाम नलिइ चीनले पोखराबाट हवाई उडान सञ्चालनका लागि देशहरू तयार हुनुपर्ने जनाएको छ । भारतले अनुमति नदिँदा पोखराबाट उडान हुन नसकेको भन्ने सन्दर्भमा दूतावासले यो प्रतिक्रिया दिएको हो।


339
Shares

प्रतिक्रिया दिनुहोस !