१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नर्स हत्या प्रकरणः प्रेमी मृत अवस्थामा फेला

प्रकाशित मिति :  ५ चैत्र २०८०, सोमबार ११:००


विराटनगर । तीन दिनअघि मृत अवस्थामा फेला परेकी नोबेल अस्पतालमा कार्यरत् नर्सको हत्यामा संलग्न रहेको आशंका गरिएका उहाँका प्रेमी पनि मृत अवस्थामा फेला परेका छन् ।

विराटनगर महानगरपालिका–चार स्थित होटल फाइनको एउटा कोठामा उहाँ झुण्डिएको अवस्थामा हिजो राति फेला परेको प्रहरीले जनाएको छ । सिरहा घर भएकी २५ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न रहेको संकेतका आधारमा प्रहरीले खोजी गरिरहेका २२ वर्षीय शिवशंकर दास होटलमा मृत फेला परेका हुन् । उहाँले आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ ।

नर्स चन्द्रिकुमारी विराटनगर–चार बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । त्यहीँ उहाँको कोठाको शौचालयमा उहाँ गत शुक्रबार मृत अवस्थामा फेला परेकी थिइन् । घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट भेटिएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमी शिवशंकरले उहाँको हत्या गरेको केही संकेत पाएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो ।



प्रतिक्रिया दिनुहोस !