१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संसद् मञ्जु शर्मा अन्सारीको निधन, शाेक प्रस्ताव पारित गरेर स्थगित भयाे प्रतिनिधि सभा बैठक

प्रकाशित मिति :  ४ चैत्र २०८०, आईतवार १२:१०


काठमाडौं । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ ।

शर्मा २०२० साल माघ १९ गते जन्मनु भएको उहाँको उपचारको क्रममा आइतबार काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो । जनता समाजवादी पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट शर्मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

सो पार्टीबाट निर्वाचित समानुपातिक तर्फका प्रतिनिधि सभा सदस्य शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा २०७९ चैत १९ गते पार्टीले उहाँलाई मनोनीत गरेको थियो । उहाँ जनता समाजवादी पार्टीको पोलिटब्युरो सदस्य समेत हुनुहुन्थ्यो ।

शाेक प्रस्ताव पारित गरेर स्थगित भयाे प्रतिनिधि सभा बैठक

प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकले अन्सारीको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । शाेक प्रस्ताव पारित गरेर बैठक स्थगित भएकाे छ ।

सभामुख देवराज घिमिले प्रस्तुत गर्नुभएकाे शाेक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेकाे थियाे । बैठकमा सांसद् अन्सारीकाे आत्माकाे चिरशान्तिकाे कामना गर्दै १ मिनेट माैन धारण समेत गरिएकाे थियाे ।

जनता समाजवादी पार्टी (जसपा) काे तर्फबाट समानुपातिक सांसद् रहेकी अन्सारीको उपचारका क्रममा आइतबार बिहान मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको थियाे ।

प्रतिनिधि सभाकाे अर्काे बैठक भाेलि चैत ५ गते बिहान ११ बजे बस्नेछ ।


791
Shares

प्रतिक्रिया दिनुहोस !