१६ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

चितवनमा सवारी दुर्घटना एक भारतीय नागरिकको गयो ज्यान,४ जना घाइते

प्रकाशित मिति :  ४ चैत्र २०८०, आईतवार ०८:५८


चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् ।

नारायणगढ–मुग्लिन सडकको जलबिरेमा गएराति पौने तीन बजे तिर बस र ट्रक ठोक्किँदा एक जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रौतहटबाट गौर जाँदै गरेका भारतको मोतिहारीका ३५ वर्षीय गौरी दासको मृत्यु भएको हो । उनी ग १ ख ८५२४ नम्बरको बसमा सवारी थिए ।

सो बसले इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेमा सडक किनारमा रोकि राखेको ना ६ ख ३५८० नम्बरको ट्रकmसँग जुधेको थियो ।

दुर्घटनापछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा दासको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !