१६ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एसपी ज्ञावालीको सर्लाहीमा कमाल, एकै दिन २०२ अपराधी पक्राउ

प्रकाशित मिति :  ३ चैत्र २०८०, शनिबार १२:३३


कठमाडौं । सर्लाही सरुवा भएर आएको एक महिना पनि नवित्दै सर्लाही प्रहरी प्रमुख एसपी दयानिधी ज्ञावालीले एकै दिन २०२ जना फरार अपराधि पक्राउ गर्न सफल हुनुभएको छ ।

प्रहरीले कोही लुकी छिपी हिडेका र कोही खुलेआम हिडेका अबस्थामा २०२ जना अपराधीलाई पक्राउ गरेको हो ।

जिल्ला अदालतको बेरुजु फछ्र्यौट गर्न र फैसला कार्यान्वयन गराउन ठुलो सङख्यामा फरार अपराधीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले राइजिङ सन खबरलाई बताउनुभयो ।

एकै दिन २०२ जना पक्रनु यो प्रहरीको ठूलो सफलता भएको सर्लाही प्रहरी प्रमुख दयानिधी ज्ञावलीले बताउनुभयो । विगतमा यति धेरै फरार अपराधी एकै दिन सार्लाहीमा पक्राउ परेका छैनन् । यो पहिलो चोटी हो उहाँले भन्नुभयो ।

पक्राउ परेकाहरुलाई शुक्रबार नै अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको एसपी ज्ञावलीले बताउनुभयो ।

पक्राउ परेका व्यक्तिहरु एक दिन देखि साढे तिन वर्ष सम्मको कैद सजाय र एक सय रुपैयाँदेखि ३ लाख ६३ हजारसम्म जरिवाना तोकिएका व्यक्ति छन् ।

पक्राउ पर्नेमा कुटपिट, मानव बेचबिखन, सवारी ज्यान, लागूऔषध, जबरजस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्धविच्छेद, भ्रष्टाचार, जुवा र गाली बेइज्जती मुद्दासँग सम्बन्धित छन् ।

अपराध गरी जतिसुकै भागे पनि अपराधिले उन्मुक्ति नपाउने बताउदै एसपी ज्ञावलीले भन्नुभयो यो अभियानले कानुनी दायरबाट अपराधि उम्कन सक्दैन भन्ने सन्देश दिएको छ ।

ज्ञावाली नेपाल प्रहरीमा एक सफल अफिसरका रुममा चर्चित हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस !