१६ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन

प्रकाशित मिति :  २ चैत्र २०८०, शुक्रबार १०:२८


काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाउनु भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्री लामिछानेले प्रतिवेदन बुझाउँदै कार्यान्वयनका विषयमा परामर्श समेत गर्नुभएको हो ।

भेटमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवर समेत सहभागी हुनुहुन्थ्यो । आयोगले बिहीबार मात्रै गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सुन तस्करी प्रकरणमा मुछिएकाहरुलाई थप अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ ।



प्रतिक्रिया दिनुहोस !