१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ

प्रकाशित मिति :  २ चैत्र २०८०, शुक्रबार १०:१६


काठमाडौं । दुबई पठाइदिन्छु भन्दै दुई लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

तनहुँको बन्दीपुर नगरपालिका–पाँच घर भइ हाल काठमाडौंको मैतीदेवी बस्ने बिष्णुबहादुर भण्डारीले राजकुमार कुमालबाट वैदेशिक रोजगारीको लागि दुबई पठाइदिने, र मासिक ७० हजार रुपैयाँ तलब दिलाइ दिने भन्दै पटक–पटक गरी दुई लाख ५० हजार रुपैयाँ लिएका थिए ।

त्यसपछि उहाँ फरार भएका थिए । कुमालले प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले भण्डारीले बिहीबार पक्राउ गरेको हो । उहाँलाई बत्तीसपुतलीबाट पक्राउ गरी थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।


339
Shares

प्रतिक्रिया दिनुहोस !