१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लोकप्रिय वडा अध्यक्ष शम्भु मैनाली निर्दोष सावित

प्रकाशित मिति :  १ चैत्र २०८०, बिहीबार १७:३४


सर्लाही । हरिवन नगरपालिका वडा नम्बर १० का लोकप्रिय वडाअध्यक्ष शम्भुप्रसाद मैनाली निर्दोष सावित हुनुभएको छ ।

एक वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष मैनालीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सोही मुद्दामा विशेष अदालत काठमाडौँले बुधबार अध्यक्ष मैनालीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिने फैसला गरेको हो ।

वडाध्यक्ष मैनालीमाथि साविक हरिवन गाउँ विकास समिति वडा नम्बर २ (ग) हाल हरिवन नगरपालिका १० नयाँरोड बजार क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गसँगै जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको मूल्य न्यूनतम मूल्याङ्कन पुस्तिकामा उल्लेख भएको न्यूनतम मूल्यभन्दा कम राखी रजिस्ट्रेशन पास गराई राजस्व हिनामिना गरेको आरोप थियो ।

मैनालीविरुद्ध अख्तियारले नौ लाख ३६ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।


3.7k
Shares

प्रतिक्रिया दिनुहोस !