१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दाङमा आन्दाेलनरत किसानकाे माग तत्काल सम्बाेधन गरियाेस्-सरस्वती सुब्बा

प्रकाशित मिति :  १ चैत्र २०८०, बिहीबार १०:५४


काठमाडाैं । नेकपा एमालेकी सांसद् सरस्वती सुब्बाले गुठी सम्बन्धी समस्या समाधानका लागि गुठी विधेयक ल्याउनुपर्ने बताउनुभएकाे छ ।

बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् सुब्बाले दाङसहित ६८ वटा जिल्लामा गुठी समस्या रहेकाे भन्दै विधेयक ल्याएर ती समस्या समाधान गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।

दाङमा स्वर्गद्वारी गुठी पीडित किसानहरु २३ दिनदेखि धर्नामा रहेका भन्दै उहाँले उनीहरुसँग वार्ता गरेर माग पूरा गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । स्वर्गद्वारी गुठीकाे जग्गा कमाउँदै आएका किसानहरु २३ दिनदेखि धर्नामा रहेका र उनीहरु माेही भएकाे भन्दै सांसद् सुब्बाले उनीहरुकाे माग संविधानसम्मत रहेकाे बताउनुभयाे ।

दाङका स्वर्गद्वारी आश्रमका मोही किसानले जग्गामा एकल स्वामित्वको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उहाँले भन्नुभयाे – ‘आर्थिक समृद्धि र किसानकाे हितका लागि गुठी जग्गा व्यवस्थापन सम्बन्धि कानुन आवश्यक छ, गुठी जग्गाकाे अभिलेख राख्ने, किसानकाे माेहीयानी हक सुनिश्चित गर्ने, गुठी जग्गा वर्गीकरण गरी उपयाेगमा ल्याउने, गुठी जग्गाबाट हुने आयस्राेतलाई उत्पादनमूलक कार्यमा लगाउने लगायत व्यवस्थापन गर्न गुठी विधेयक ल्याउन र दाङमा आन्दाेलनरत किसानकाे माग वार्ताकाे माध्यमबाट तत्काल सम्बाेधन गर्न सरकारकाे ध्यानाकर्षण गराउँछु ।’

गुठी जग्गालाई धार्मिक तथा सांस्कृतिक महत्वकाे रुपमा लिइने गरिएकाे समेत सांसद् सुब्बाले बताउनुभयाे ।


1.6k
Shares

प्रतिक्रिया दिनुहोस !