१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गृहमन्त्री रविले पत्रकार रविलाई कारवाही गर्ने ?

प्रकाशित मिति :  १ चैत्र २०८०, बिहीबार ०८:४२


काठमाडौं । गृहमन्त्री रवि लामिछाने अहिले चर्चा र विवादको शिखरमा हुनुहुन्छ । गृहमन्त्री रवि लामिछानेले विगतका पत्रकार रवि लामिछानेमाथि लागेको आरोप छानविन गर्नुपरेको छ । पत्रकार रवि लामिछानेलाई लागेको आरोप हो– सहकारी ठगी काण्ड ।

व्यक्ति उही पद र भूमिका फरक । व्यक्ति उही परिस्थिति फरक । व्यक्ति उही तर पेसा फरक । विगतमा पत्रकारका रुपमा उग्र रुपमा प्रश्न उठाउने र थुतुनो समेत चलाउने रवि लामिछानेलाई गृहमन्त्रीका रुपमा व्यापक रुपमा प्रश्न उठाइँदैछ । प्रतिनिधि सभाको वैठकमा गृहमन्त्री रवि लामिछानेमाथि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रहार गरिरहेको छ ।

गृहमन्त्री रवि सहकारी ठगी काण्डको अभियुक्त भएको जिकीर गर्दै कांग्रेस सांसद्हरुले छानविनको दायरामा रहेका व्यक्ति कसरी गृहमन्त्री भए भन्दै प्रश्न उठाएका छन् ।

यो विषय सार्वजनिक रुपमा पनि व्यापक रुपमा उठिरहेको छ । सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले सहकारी ठगी काण्ड र रवि लामिछानेका बारेमा लेखिरहेका छन् । यस क्रममा टुइटरमा चर्चित व्यक्तित्व डा. सुन्दरी पोखरेलले रोचक प्रश्न उठाउनुभएको छ ।

डा. सुन्दरी लेख्नुहुन्छ– ‘गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा पत्रकार रवि लामिछानेलाई छानबीन र कारवाहीको दायरामा ल्याउलान् ?’

डा. सुन्दरीले यो प्रश्न सोधिसकेपछि लेख्नुभएको छ– ‘पत्रकार रवि लामिछानेजी, यो प्रश्न गृहमन्त्री रवि लामिछानेलाई सोध्नुस् ।’


12k
Shares

प्रतिक्रिया दिनुहोस !