१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सानाे लापरबाहीले मृगाैला बिग्रन सक्छ- केपी ओली

प्रकाशित मिति :  १ चैत्र २०८०, बिहीबार ०५:५३


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मृगाैला जाेगाउन आफैं सजग हुनुपर्ने बताउनुभएकाे छ ।

विश्व मृगाैला दिवसका अवसरमा बिहीबार सामाजिक सञ्जालमार्फत सुझाव दिँदै अध्यक्ष ओलीले सानाे लापरबाहीले मृगाैला बिग्रन सक्ने भएकाले सचेत हुनुपर्ने उल्लेख गर्नुभएकाे छ ।

दुई पटक मृगाैला प्रत्यरोपण गरेका कारण यस दिवसँग आफ्नाे भावनात्मक सम्बन्ध भएकाे भन्दै उहाँले मृगाैला प्रत्यराेपण गर्नु धेरै जटिल काम भएकाे उल्लेख गर्नुभएकाे छ । अध्यक्ष ओलीले लेख्नुभएकाे छ – ‘मृगाैला दिवससँग मेरो भावनात्मक अनुभूति छ, किनभने मैले दुई पटक मृगाैला प्रत्यरोपण गरिसकेको छु, हाम्रो सानो लापरबाहीले मृगाैला बिग्रिन सक्छ, जब मृगाैला बिग्रिन्छ तब जीवन कष्टकर बन्छ, प्रत्यारोपण गर्नु धेरै जटिल काम हो, डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ ।’

एमालेले सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएकाे स्मरण गराउँदै उहाँले याे अल्पकालीन राेकथाम मात्र रहेकाे उल्लेख गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ – ‘हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौँ, मृगाैला जोगाउन हामी आफैँ सजग हुनुपर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो, स्वास्थ्यप्रति सचेत बनौँ, मृगाैला जोगाऔँ ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !