२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुुन तोलाकै १ लाख २५ हजार नाघ्यो

प्रकाशित मिति :  १ चैत्र २०८०, बिहीबार ०५:२०


काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य फेरी बढेको छ ।

मंगलबार हालसम्मकै उच्च १ लाख २६ हजार पुगेको सुनको मूल्यमा बुधबार १ हजार रुपैयाँ घटेको थियो । तर, बिहीबार तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेर आएको छ ।

हिजो प्रतितोला १ लाख २५ हजार रुपैयाँमा झरेको छापावाला सुन बिहीबार १ लाख २५ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आजका लागि महासंघले तेजावी सुन तोलामा १ लाख २५ हजार २ सय रुपैयाँ तोकेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५० रुपैयाँ बढेर १ हजार ५ सय १५ रुपैयाँ पुगेको छ ।

फागुन महिनाको २६ दिनमा मात्रै नेपाली बजारमा ८ हजार ५ सय रुपैयाँले सुनको भाउ बढेर मूल्यमा नयाँ रेकर्ड राखेको छ ।



प्रतिक्रिया दिनुहोस !