१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रमुख शर्माको निधन

प्रकाशित मिति :  १ चैत्र २०८०, बिहीबार ०४:५७


इलाम । शिक्षा सेवी एवं इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा. खगेन्द्रनाथ शर्माको निधन भएको छ ।

आज बिहान ३ बजेतिर काठमाडौंमा उनको ९० वर्षको उमेरमा निधन भएको हो ।

इलामको सूर्याेदय नगरपालिका–११, माघेका खगेन्द्रनाथ २०१७ सालमा २६ वर्षको उमेरमा महेन्द्ररत्न बहुमुखी क्याम्पसको संस्थापक प्रिन्सिपल बनेका थिए । स्थापनाका बेला उनले क्याम्पसलाई आफ्नो ४७ रोपनी जग्गा दान गरेका थिए ।

भारतको सागर विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले भारतबाटै विद्यावारिधि गरेका थिए ।

शर्माका परिवारमा दुई छोरा र एक छोरी छन् । पत्नीको यसअघि नै निधन भइसकेको छ । उनको आजै काठमाडौंको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !