१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्वसाधारणलाई आर्थिक सहयोग गर्ने भन्दै विभिन्न माध्यमबाँट ठगी गर्ने तीन जना पक्राउ

प्रकाशित मिति :  ३० फाल्गुन २०८०, बुधबार ०७:०५


विराटनगर । सर्वसाधारणलाई आर्थिक सहयोग गर्ने भन्दै विभिन्न माध्यमले ठगी गर्ने काममा संलग्न रहेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचा नगरपालिका–आठ बाट तीनजनालाई पक्राउ गरेको छ ।

विपन्न परिवारलाई आर्थिक प्रलोभनमा पारी ठगी गर्ने एकजना महिलासहित अनलाइन ठगीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ मंगलबार साँझ पक्राउ गरेको हो ।

स्थानीय विपन्न परिवारलाई सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भइ काठमाडौं बस्दै आएकी २३ वर्षीया सुनिता खत्रीले आर्थिक सहयोगका नाममा ठगी गरेको प्रहरीको भनाइ छ ।

उहाँले ‘डब्लु बिएससी’ कम्पनीबाट गरिब र असहायलाई आर्थिक सहयोगको लागि आएको भनी प्रतिव्यक्ति एक हजार, १५ सय र ५ सयका दरले रकम वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

रकम वितरण गरेर उहाँहरुको फोटो खिच्ने र नेपाली नागरिकताको फोटोकपी लिने गरेको पाइएको छ ।

त्यस्तो गतिविधि भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली परिचालन भएको थियो ।

टोलीले नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा गाउँमा खिचेका व्यक्तिहरुको फोटो र नेपाली नागरिकताको फोटोहरु बंगलादेशी नागरिक पल्लाबी ढाका बस्ने ४९ वर्षीय महमद खालिद हुसेन र बंगलादेशकै सीतागन्ज घर भई हाल काठमाडौ नयाँ बजारमा बस्दै आएका ३७ वर्षीय महमद तानबिर हुसेन पनि संलग्न रहेको पाएको थियो ।

उहाँहरुले सर्वसाधारणको नागरिकता र फोटो दुरुप्रयोग गरी गैरकानुनी रुपमा इसेवा र खल्ती जस्ता अनलाइन खाताहरु खोली आर्थिक अपराध, अनलाइन ठगी गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले ठगीमा संलग्न महमद हुसेन र महमद तानबिर हुसेनलाई सुन्दरहरैँचा नगरपालिका–चार बलियाबाट पक्राउ गरेको हो । उहाँहरुको साथबाट प्रयोग नभएको एनसेल कम्पनीको सिमकार्ड, राहदानी, मोबाइल फोन, नगद र एटीएम कार्ड समेत प्रहरीले बरामद गरेको छ ।

उहाँहरुका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !