१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

व्यक्तिगत आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो होइनः प्रधानमन्त्री

प्रकाशित मिति :  ३० फाल्गुन २०८०, बुधबार ०६:१९


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताउनुभएको छ ।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभालाई बुधबार सम्बोधन गर्दै संसदमा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने बताउनुभएको छ ।

उहाँले भन्नुभयो,‘सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भएपनि कांग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि नीजि आक्षेप र आक्रमण गर्नुभयो । म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ ।’

संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै उहाँले कांग्रेसले कुनै बेला संसदमा उभिएर राजनेता घोषणा गरेको स्मरण गर्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !