१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भ्यान र मोटरसाइकल ठोक्दिा एकजनाको गयो ज्यान, दुई जना घाइते

प्रकाशित मिति :  ३० फाल्गुन २०८०, बुधबार ०२:४८


विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका–सात मा मंगलबार साँझ दुई सवारी साधन आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ ।

दुर्घटनामा दुईजना सिकिस्त घाइते भएका छन् । प्रहरीका अनुसार धरानबाट धनकुटा गइरहेको को १ च ३२८० नम्बरको भ्यान र विपरीत दिशाबाट गइरहेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल जुधेका थिए ।

दुर्घटनामा मोटरसाइकको पछाडि बसेका धनकुटा, साँगुरीगढी–६ का २५ वर्षीय विवश तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक स्थानीय २२ वर्षीय अभिषेक राई र भ्यान चालक २८ वर्षीय तुलबहादुर राई घाइते भएका छन् ।

घाइतेहरुको धरनस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !