१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सरकार छाडेको कांग्रेसले प्रदेशमा भने सरकार टिकाउन जोड

प्रकाशित मिति :  २९ फाल्गुन २०८०, मंगलवार १५:५८


काठमाडौं । नेपाली कांग्रेसले प्रदेशहरूमा आफ्नै नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको छ ।

संघमा दलीय गठबन्धनको समीकरण फेरिएपछि सरकार छाडेको कांग्रेसले प्रदेशमा भने टिकाउन जोड दिने भएको छ ।

यस विषयमा मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा प्रदेशका सभापतिहरू र संसदीय दल नेताहरूसहित बैठक गरेको हो । बैठकमा कांग्रेसले प्रदेश सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको पार्टी सहमहामन्त्री जीवन परियारले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेशहरूमा जुन दलसँग छलफल गरेर सरकारलाई निरन्तरता दिन सकिन्छ त्यसमा अगाडि बढ्ने सहमति भएको छ । यसमा केन्द्रले पनि सहयोग गर्नेछ । सरकार बनाउन नसक्ने खण्डमा सशक्त प्रतिपक्षको भूमिकामा रहने कुरा पनि भएको छ ।’

सहमहामन्त्री परियारका अनुसार छलफलमा सातै प्रदेशका पार्टी सभापतिहरू र संसदीय दल नेताहरूले प्रदेशका अवस्थाबारे ब्रिफिङ गरेका थिए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !