१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सेवाग्राहीसँग सात हजार घूस लिएको आरोपमा सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध मुद्दा

प्रकाशित मिति :  २९ फाल्गुन २०८०, मंगलवार १५:४९


काठमाडौं । बाँके जिल्ला सव–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग सात हजार रुपैयाँ घूस लिएको अवस्थामा उहाँलाई आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सहायक वन अधिकृत पार्धेलाई नियन्त्रणमा लिएको हो ।

उहाँले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा तीन अन्तर्गतको कसुर गरेको ठहर गर्दै जरिवाना र सजाय मागदाबी लिइ मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !