१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हङकङलाई हराउँदै पिएनजी त्रिकोणात्मक टी–२० आई सिरिजका फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्ने

प्रकाशित मिति :  २९ फाल्गुन २०८०, मंगलवार ०९:१६


काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) ले हङकङ –चाइनालाई आठ ओभरले पराजित गरेको छ ।

मंगलबार मोगं कोगंमा भएको दोस्रो खेलमा पिएनजीले विना विकेटको क्षतिमा सहजै लक्ष्य भट्टायो । हङकङ –चाइनाविरुद्ध एक सय २२ रनको लक्ष्य पछ्याएको पिएनजीले १२ ओभर चार बलमै लक्ष्य पूरा गर्यो ।

पिएनजीका लागि ओपनर द्वव टोनी उरा र सोसे बाउले आकर्षक इनिङ खेले ।

४३ बलको सामना गरेका बाउले एक छक्का र ६ चौका प्रहार गरी ६१ रनको पारी खेले । यस्तै, ३३ बलको समना गरेका उराले पनि दुई छक्का र पाँच चौकाको मद्दतमा अविजित ५१ रन बनाए ।

यसअघि मंगलबार बिहान सम्पन्न पहिलो खेलमा नेपालसँग पिएनजी ८५ रनले पराजित भएको थियो । तर, दोस्रो खेलमा हङकङ चाइनालाई पराजीत गर्दै भोली हुने त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालसँग भेट पिएनजीले पक्का गरेको छ ।

बुधबार सिरिजको फाइनलमा नेपालसँग पिएनजी प्रतिस्पर्धा गर्ने छ ।



प्रतिक्रिया दिनुहोस !