१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनले अमेरिकालाई भन्यो शीत युद्धको मानसिकता नराख्नु, फेरि अर्को कदम चाल्नु नपरोस्

प्रकाशित मिति :  २८ फाल्गुन २०८०, सोमबार १२:१९


काठमाडौं । चीनले अमेरिकालाई शीत युद्धको मानसिकता राखेर अघि नवढ्न चेतावनी दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्त माओ निङले चिनियाँ विद्यार्थीलाई अमेरिकाले दुरव्यवहार गरेपछि उक्त कुरा भन्नुभएको हो ।

यसै क्रममा प्रवक्त माओ निङले अमेरिकामा रहेको आफ्नो विद्यार्थीलाई राम्रो व्यवहार गर्न अमेरिकालाई आग्रह समेत गरेकी छिन् ।

आफ्ना विद्यार्थीहरुलाई राजनीतिक उदेश्यका लागि शुरक्षाको वहाना बनाएर अमेरिकाले दुःख दिएको थाहापाएपछि चीनले अमेरिकालाई यसो भनेको हो ।

अमेरिकाको विमानस्लबाटै सुरक्षाको लागि भन्दै अमेरिकी प्रहरीले एक चिनियाँ विद्यार्थीलाई विमानस्थलबाटै पक्राउ गरि हिरासतमा राखेको थियो ।

हिरासतमा २० घण्टा सम्म राखेर १२ घण्टा सम्म सोधपुछ गरेपछि उक्त विद्याथीलाई अमेरिकामा प्रतिवन्ध गरेर चीन पठाइएको थियो ।

यही घटनालाई जोडेर चीनको विदेश मन्त्रालयका प्रवक्त माओ निङले भन्नुभयो अमेरिकाले चिनियाँ नागरिकलाई पूवाग्रह राखेर काम गरेको छ ।
अमेरिकाले कानुनी अधिकार र हितको गम्भीर उल्घन गर्ने र चीन अमेसका सम्वन्धमा बाधा पुर्याउने काम गरेको प्रवक्त माओ निङले बताउनुभयो ।

यस विषयमा चीन गम्भीर रहेको प्रतिक्रिया पनि प्रवक्त निङले बताउनुभयो ।

प्रवक्त माओ निङले अमेरिकालाई चेतावनी दिदै भन्नुभयो यो अमेरिकाले नियोजित रुमपमै खेलेको खेल हो । यो शीत युद्धको मानसिकता राखेर गरेको गम्भिर कुरा हो । यदी यस्तै रहेमा चीनले चीनियाँ नागरिकको बैध र कानुनी अधिकार र हितको रक्षा गर्न हर कदम चाल्नेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !