१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सांस्कृतिक पर्वहरुमा नयाँ पुस्तालाई सामेल गराउनु पर्छ -सभामुख देवराज घिमिरे

प्रकाशित मिति :  २८ फाल्गुन २०८०, सोमबार ०९:०४


काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांस्कृतिक पर्वहरूमा नयाँ पुस्तालाई सामेल गराउन जरुरी भएको बताउनुभएको छ ।

सोमबार हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष २१५१ औं ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले बताउनुभएको हो ।

उहाँले ल्होसार जस्ता सांस्कृतिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उनले मौलिक चाडपर्वको पुस्तान्तरणका लागि नयाँ पुस्तालाई नेपाली संस्कार, संस्कृति र चाडपर्व मनाउँदा सँगसँगै लिएर मौलिकता हस्तान्तरण गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

‘सनातनदेखि आस्थाको धरोहरको रुपमा रहेका हाम्रा चाडपर्वले विविधताभित्रको एकता उद्घाटित हुँदै आएको छ । नेपाली चाडवाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी छ,’ उनले भने, ‘मौलिक चाडवाडको संरक्षण र संवर्द्धन गर्दै मौलिकता हस्तान्तरण गर्न नयाँ पुस्तालाई प्रेरित गर्न आवश्यक छ,’ सभामुख घिमिरेले भन्नुभएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !