१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ललितपुरमा १० मा सर्वाधिक रुचाइएका पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन

प्रकाशित मिति :  २८ फाल्गुन २०८०, सोमबार ०५:१४


काठमाडौं । लललितपुर महानगरपालिका–१० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ ।

उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा ८१ वर्षीय व्यञ्जनकारको आज निधन भएको ललितपुर महानगरले जनाएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर १० मा ११ औं पटक स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उहाँ सर्वाधिक १० पटक अध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधि हुन् । वडामा उहाँ धेरै समय काम गर्ने रुचाइएका जनप्रतिनिधि हुन् ।

उहाँ २०२९ सालदेखि लगातार १० पटक वडाध्यक्ष निर्वाचित भएका थिए । तर, ०७९ को स्थानीय चुनावमा स्वतन्त्र उठेका नरसिंह आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !