१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय सभा अध्यक्ष निर्वाचन उम्मेदवारको मनोनयन दर्ता

प्रकाशित मिति :  २८ फाल्गुन २०८०, सोमबार ०३:४७


काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले मंगलबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो ।

उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो एक बजेसम्मको लागि छुट्याइएको छ । उम्मेदवारको नामावली सोमबारै साढे एक बजे प्रकाशित हुनेछ ।

राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट माओवादी केन्द्रले उम्मेदवारी दिने सहमति भइसकेको छ भने माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विपक्षमा रहेका दलहरूबीच सहकार्यको ढोका खुला राख्दै अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !