१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानसेनापति शर्मा र चिनियाँ जनमुक्ति सेनाका उपप्रमुखबीच भेटवार्ता, आपसी हितको विषयमा छलफल

प्रकाशित मिति :  २७ फाल्गुन २०८०, आईतवार ११:३१


काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाका इन्टरनेशनल मिलिटरी को–अपरेशन अफिसका उपप्रमुखबीच भेटवार्ता भएको छ ।

प्रधानसेनापति शर्मा र उपप्रमुख मेजर जनरल चाङ पाओछुनबीच आइतबार भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

जंगी अड्डामा भएको भेटवार्तामा उहाँहरुबीच दुई देशका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध तथा आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

पाओछुन नेतृत्वको टोली नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आएको थियो । टोलीले काठमाडौं, लुम्बिनी तथा पोखरा भ्रमण गर्ने कार्यक्रम छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !