१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अमेरिकाको नेपालमा पैसाको राजनीति, भन्यो शान्ती प्रकृया टुंगो लगाउन आर्थिक सहयोग गछौैं

प्रकाशित मिति :  २७ फाल्गुन २०८०, आईतवार ११:४०


काठमाडौं । अमेरिकाले नेपालमा रुपैयाँ पैसाको राजनीति गर्छ भनेर धेरैलाई धेरैपहिला देखि नै थाहा हुँदै आएको कुरा हो ।

तर अहिले फेरि अमेरिकाले नेपालको आन्तरीक मामिलामा रुपैयाँ पैसाको राजनीती गर्न खोजेको छ ।

शान्ती प्रकृयाको नाम लिएर अमेरिकाले नेपाललाई रुपैयाँ पैसाको प्रलोभनमा पार्न खोजेको कुरा प्रष्ट भएको छ ।

यो कुरा नेपालको लागि अमेरिकाको राजदूत डिन थम्पसनले अर्थ मन्त्रलायमा गएर अर्थ मन्त्री बर्षमान पुनलाई भेटेर बताएका हुन् ।

उहाँले अर्थ मन्त्रलायमा गएर शान्ती सम्झैताको लागि आवाश्यक परे अमेरिकाले सहयोग गर्ने बताउनुभएको हो । त्यो सहयोग अरु केही नभएर रुपैयाँ पैसा हो ।

अमेरिकालगाएत अरु देश पनि शान्ती प्रकृयाको लागि खर्च गर्ने तरखरमा रहेको कुरा पनि राजदूतले बताउनु भएको छ।

यसै गरि नेपालको शान्ति प्रक्रियाका बाँकी काम र संक्रमणकालीन न्यायको विषयमा अमेरिकाले चासो राखेको छ ।

अमेरिकाले नेपालको शान्ति प्रक्रियाकाकालाई बाँकी निष्कर्षमा पु¥याउन सहयोग आवश्यकता परे दिन तयार रहेको राजदूतले बताउनुभएको हो ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्दै नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले शान्ति प्रक्रियाका बाँकी काम चाडै टुंगोमा पुग्ने विश्वास गरेका हुन् ।

थम्पसनले त्यहाँ अर्थमन्त्री बर्षमान पुन संग भेटमै रुपैयाँ पैसाको करा पनि झिक्नु भएको हो ।

स्रोत अनुसार अनुसार भेटका क्रममा राजदूत थम्पसनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउने विश्वास व्यक्त गर्नु भएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !