११ श्रावण २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति :  २६ फाल्गुन २०८०, शनिबार ०४:४९


काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ ।

बैठक दिउँसो तीन बजे सिंहदरबारभित्र माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री दाहालले संसदबाट विस्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुने छ ।

२१ गते प्रधानमन्त्री दाहालले कांग्रेससँगको तत्कालिन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समिकरण बनाएपछि प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ ।

प्रधानमन्त्री दाहाल जतिसक्दो छिटो प्रतिनिधिसभाबाट (सोमबारको बैठकमा) विश्वासको मत लिने तयारीमा छन् ।

सो बारे माओवादीले आजको दलको बैठकमा छलफल गर्ने बताइएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !