१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सेना दिवसको विशेष समारोहमा राष्ट्रपति

प्रकाशित मिति :  २५ फाल्गुन २०८०, शुक्रबार ०८:२५


काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्री तथा २६१ औं सेना दिवस २०८० विशेष समारोहमा सहभागी हुनुभएकाे छ । शुक्रबार नेपाली सेना सैनिक मञ्चले टुँडिखेलमा आयोजना गरेको समारोहमा सरिक भएकाे हाे ।

सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति छन् ।
नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण, प्याराग्लाइडिङ, संयुक्त राष्ट्रसंघमा शान्ति सेनाले विद्रोहीबाट उद्धार गर्नेलगायतका विविध आकर्षक प्रस्तुती गरेको थियो । साथै मित्रराष्ट्र भारत, अमेरिका र बेलायतका व्याण्ड टोलीको पनि प्रस्तुती रहेको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान गर्नुभएकाे थियाे ।
कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायतका उच्चपदस्थ पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !