१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

प्रकाशित मिति :  २५ फाल्गुन २०८०, शुक्रबार ०५:५६


काठमाडाैं । आज मार्च ८ अर्थात् ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९११ देखि मनाउन थालिएको यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नारासाथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम हुँदैछन् ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनकी नागरिक क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउन थालिएकाे हाे ।

हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरुको अवस्थामा उल्लेख्य सुधार हुन भने अझै बाँकी छ । यद्यपि पछिल्लो समय सामाजिक न्याय र लैंगिक समानताको हकमा नेपालले धेरै प्रगति गरेको छ । शिक्षा र स्वास्थ्य तथा राजनीतिक सहभागितामा महिलाको पहुँचका सन्दर्भमा नेपाल दक्षिण एसियामा अग्रपंक्तिमा पुगेको छ ।

संघीय संसद्‍मा ३३ प्रतिशत र स्थानीयत तहमा करिब ५० प्रतिशत महिला सहभागिता छ । नेपालमा राष्ट्रपति, सभामुख, प्रदेश प्रमुख लगायत पदमा महिला पुगिसकेका छन् । महिला अधिकारका बारेमा पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा पनि सुधार आएको पाइन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !