१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

श्रीमान्को कुटपिटबाट २१ वर्षीया श्रीमतीकाे गयो ज्यान

प्रकाशित मिति :  २५ फाल्गुन २०८०, शुक्रबार ०४:३१


भक्तपुर । भक्तपुरमा श्रीमान्को कुटपिटबाट एक महिलाको ज्यान गएको छ ।

बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७:१५ बजे उहाँको ज्यान गएकोे जिल्ला प्रहरी परिसरका डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको मेलम्ची घर भएका उहाँहरु भक्तपुरको चाँगुनारायण नगरपालिका–तीन, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए ।

सन्तोषलाई नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले जाएको छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !