१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्रीले सिंगाे देशकाे जिम्मा लिनुपर्छ- रमेश लेखक

प्रकाशित मिति :  २४ फाल्गुन २०८०, बिहीबार ०८:२८


काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेससँग नयाँ गठबन्धन बनाउनुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे कार्यक्षमतामाथि नै प्रश्न उठेकाे बताउनुभएकाे छ ।

बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै प्रमुख सचेत लेखकले फागुन २१ गते नयाँ गठबन्धनका ४ दलबीच भएकाे ८ बुँदे सहमतिपत्र प्रधानमन्त्रीकाे असक्षमता, अकर्मण्यता र अयाेग्यताकाे प्रमाणपत्र भएकाे आराेप लगाउनुभयाे । ‘याे फागुन २१ जारी भएकाे ८ बुँदे घाेषणापत्र याे स्वयम् प्रधानमन्त्रीजीकाे अर्कमण्यता, असक्षमता र अयाेग्यताकाे प्रमाणपत्र हाेइन ?’- उहाँले भन्नुभयाे ।

मन्त्री आफ्नाे मन्त्रालयप्रति मात्र जिम्मेवार हुने भन्दै प्रमुख सचेतक लेखकले देशकाे प्रधानमन्त्रीले सिंगाे देशकाे जिम्मा लिनुपर्ने बताउनुभयाे । अमुख मन्त्रीले भन्याे भनेर प्रधानमन्त्री भाग्न नपाउने समेत बताउनुभयाे ।

१४ महिनामा के गर्नुभयाे भन्ने प्रश्न गर्दै उहाँले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन कांग्रेसले राेकेकाे हाे भन्ने प्रश्न समेत गर्नुभयाे । यसमा कांग्रेसकाे कुनै गल्ती नभएकाे भन्दै प्रमुख सचेतक लेखकले भाेलि यसकाे जवाफ नदिएसम्म यसमा छलफल गर्न सकिँदैन भन्याे भने के गर्ने भन्ने प्रश्न गर्नुभयाे ।

प्रधानमन्त्री प्रचण्ड कांग्रेसकाे राजनीतिमा प्रवेश गरेकाे आराेप पनि उहाँले लगाउनुभयाे । धाेका दिएकाहरु भाेलि तपाइँ विरुद्ध उभिए भने कहाँ पुग्नुहाेला ? भन्ने प्रश्न समेत लेखकले गर्नुभयाे । ‘अब धाेका दिन काेही रहेन, यी धाेका पाएका सबै एक दिन एक ठाउँमा उभिए भने तपाइँ कहाँ पुग्नुहाेला ?’- उहाँले भन्नुभयाे ।

अघिल्ला बैठकमा मन्त्रीहरुमाथि प्रश्न उठ्दा एमाले लगायत दलले राजीनामा मागेका भन्दै उहाँले अब मन्त्रीमाथि अनुसन्धान सुरु भयाे भने सदन के हुन्छ भन्ने प्रश्न समेत गर्नुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !