१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ज्यु काँध फेर्नुभयो अब खुट्टा पनि फेर्नुस् -रामहरि खतिवडा

प्रकाशित मिति :  २४ फाल्गुन २०८०, बिहीबार ०७:४३


काठमाडौं । नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले हराएको प्रधानमन्त्री भेटेको भन्दै सत्ता गठबन्धनप्रति कटाक्ष गर्नुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् खतिवडाले भन्नुभयो – ’हराएको प्रधानमन्त्रीलाई भेट्नुभएको सबैलाई बधाई दिन चाहान्छु, सरकारलाई जनताले पनि भेटोस्, सहकारी पीडितले न्याय पाउन् सहकारी ठगले कारबाही पाउन्, मिटरब्याजी र लघुवित्त पीडितले न्याय पाउन् ।’

नयाँ गठबन्धनमा उपप्रधानमन्त्रीको लस्कर लागेको भन्दै उहाँले कटाक्ष गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाएकोप्रति लक्षित गर्दै सांसद् खतिवडाले भन्नुभयो – ’काँध फेर्नुभयो, प्रधानमन्त्रीजीले खुट्टा फेरिरहनुहोस् यसमा पनि शुभकामना ।’

एमालेले केही दिन अघि सदनमा छोरीको नगरपालिका भनेकोतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो – ’अब छोरी नगरपालिका भन्थे अब बा नगरपालिका पनि घोषणा होस् ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !