१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यू–१६ महिला फुटबल : जित्नै पर्ने दबाबमा दुवै टोली

प्रकाशित मिति :  २४ फाल्गुन २०८०, बिहीबार ०४:२२


काठमाडौं । राजधानीमा जारी साफ यू–१६ महिला फुटबल च्याम्पियनिसपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुने छ ।

चार देश सहभागी यस प्रतियोगितामा बंगलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ ।
आज भारत र नेपालबीचको विजेताले फाइनलमा स्थान पक्का गर्ने भएकाले दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ ।

बराबरीले भने भारतलाई नै फाइदा पुग्ने छ । भारतले आफ्नो पहिलो खेलमा भुटानमाथि ७–० को जित निकालेको थियो । नेपालले भुटानमाथि ३–० को जित निकालेको छ । यसैगरी नेपाल आफ्नो पहिलो खेलमा बंग्लादेशसँग २–० ले पराजित भएको थियो । भारत बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

यसैगरी, भुटान र बंगलादेशबीचको समूह चरणको अन्तिम खेल शुक्रबार हुने छ । भुटान दुबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिर भइसकेको छ । फाइनल खेल आइतबार हुने छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !