१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुन तयार

प्रकाशित मिति :  २३ फाल्गुन २०८०, बुधबार १२:०१


काठमाडौं । नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुन तयार भएकाे छ ।

पार्टी केन्द्रीय कार्यालय आलाेकनगरमा बुधबार बसेकाे एकीकृत समाजवादी सचिवालयले बैठकले नयाँ गठबन्धन सरकारमा सहभागी हुन सकारात्मक रहेकाे निष्कर्ष निकालेकाे हाे ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेकाे प्रस्तावमाथि बैठकमा छलफल भएकाे र त्याे सकारात्मक रहेकाे बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेपछि यसबारे आजै निर्णय गरिने उहाँले बताउनुभयाे ।

सरकारमा सहभागिताका लागि देशको आर्थिक संकटको समाधान गर्दै उत्पादन वृद्धि गर्ने, राष्ट्रहितको रक्षा र सम्वर्द्धन गर्नुपर्ने, भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना गर्नुपर्न महंगी नियन्त्रण र जनताका समस्या समाधान गर्नुपर्ने र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्नुपर्ने शर्त राखिएकाे प्रवक्ता खतिवडाले बताउनुभयाे । यी विषयमा प्रधानमन्त्रीसँग छलफलका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल बालुवाटार जानुभएकाे उहाँले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !