१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

यस्तो भयो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्

प्रकाशित मिति :  २३ फाल्गुन २०८०, बुधबार ११:५७


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् आज विस्तार हुने भएको छ ।

सोमबार तीन जनाले बिनाविभागीय मन्त्रीको शपथ लिएर ४ सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएका प्रधानमन्त्री प्रचण्डले बुधबार प्रचण्डले १४ जना मन्त्री थप गरी कार्य विभाजन गर्न लाग्नु भएको छ ।

उहाँहरूको कार्य विभाजन गरेको पत्र प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा पठाउनुभएको छ । १४ जना मन्त्रीको आजै साँझ शपथ लिनुहुने भएको छ ।

एमालेबाट प्रधानमन्त्री पछिको दोस्रो वरियताक्रम सहित एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्नुहुने भएको छ । त्यस्तै एमालेका पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक र राजेन्द्र राई खानेपानी मन्त्री बन्नुहुने भएको छ ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुहुने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्नु हुने भएको छ ।

सत्ता गठबन्धनको दल जनता समाजवादी पार्टीलाई दुई मन्त्रालय दिइएको छ । तर सो पार्टीबाट मन्त्री बन्नेको नाम टुङ्गो लागेको छैन । एकीकृत समाजवादी पनि सरकारमा आउने भएपछि उसको लागि पनि दुई मन्त्रालय राखिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !